‘नेकपा एमालेले संविधानको अपमान गरेको छ’

नेपालखोज २०७८ पुष ६ गते १५:४५


काठमाडौं । नेकपा एमालेले संसद अवरोध गरेर् संविधान, सर्वोच्च अदालत र निर्वाचन आयोगको अपमान गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए । आज पार्टीले पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय बृहत प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले एमाले एमाले संविधानको बर्खिलाप देखा परेको आरोप लगाए ।

उनले भने,–‘उनीहरू आफैँ संविधानको बर्खिलाप जान्छन्, निर्वाचन आयोगको निर्णयको बर्खिलाप जान्छन्, अनि भन्छन्, संवैधानिक सर्वोच्चता कायम गर ।’ अध्यक्ष नेपालले एमालेले आफूलाई संसदमा देखे सातो जाने पनि बताए । उनले एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्रिने पर्खाइमा बसेकालाई आफ्नो पार्टी प्रवेश गर्न सझाव दिएका छन् । उनले ओली कहिले पनि नसुध्रिने दाबी गरे ।

एमालेले आफूहरुलाई शत्रु घोषणा गरेकाले अनुहारसमेत हेर्न नचाहेको अध्यक्ष नेपालले बताए । एमालेले छुवाछुतको व्यवहार गरेको नेपालको भनाई छ ।

प्रतिक्रिया