‘एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा एमाले छैन्’

नेपालखोज २०७८ पुष ६ गते १६:१२

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरशन यथास्थितिमा पास गर्ने पक्षमा नेकपा एमाले नरहेको प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । आज संसद् भवनमा पत्रकारहरुको प्रश्नको उत्तरको दिँदै भट्टराईले एमालेको धारणा सार्वजनिक गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेका अध्यक्ष ओली गठबन्धन तोड्न लागेको भन्ने कुरा गलत रहेको उनले स्पष्ट पारे । उनले एमालेलाई बद्नाम गराउन दाहाल लागेको बताए । एमालेलाई सरकारमा सहभागि हुन् कुनै हतार नभएको भट्टराईको भनाई छ ।

प्रतिक्रिया