न्याय नपाए अदालत जान्छु : पाण्डे
नेपालखोज
२०७८ पुष ६ गते १७:२१

काठमाडौँ । विवेकशील साझा पार्टीका निष्कासित संयोजक मिलन पाण्डेले आफूलाई गरेको कारबाही अवैधानिक भएको बताएका छन् । आज अध्यक्ष रविन्द्र मिश्रले पार्टीको बैठकबाट साधारण सदस्य समेत नरह्ने गरि गरेको कारबाहीमा पाण्डेको प्रतिक्रिया आएको हो ।
पाण्डेले प्रतिक्रिया दिँदै आफूलाई लगाएको आरोप सत्य समेत नभएको दाबी गरेका छन् । उनले न्याय नपाए अदालत जाने बताए । मिश्रले पार्टीको विधान च्यातेको पाण्डेको आरोप छ । उनले लेखेका छन्,–‘ कानुनी रूपमा हाम्रो मुद्दा निर्वाचन आयोगले हेर्दै छ । मलाई विश्वास छ, निर्वाचन आयोगमा बुझाइएको किर्ते दस्ताबेजलाई आयोगले खारेज गर्नेछ । त्यहाँबाट न्याय नपाए अदालतले न्याय दिनेछ।’
सम्बन्धित

प्रतिक्रिया