शनिबार, वैशाख २२, २०८१

शुभ फल पाउन बुधबार यस्ताे कार्य गर्नुस् !

नेपालखोज २०७८ पुष ७ गते ५:००

बुध ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी कृष्णको अवतारको पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्छ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ । बुधबारका दिन गरिने शुभकर्मले जीवनभर राम्रो फल मिल्ने धार्मिक विश्वास छ ।

बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ । जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ । हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ ।

विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी–देवताको कृपा हुने गर्छ । बुधबार गणेश भगवान्लाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाइन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्छ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नुपर्छ ।

व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नुपर्छ । ‘ॐ बुधाय नमः’ मन्त्रलाई जप गर्नुपर्छ । यो व्रतमा पनि एकछाक नुन बार्नु पर्छ । भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नुपर्छ ।

दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्छ । अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नुपर्छ । गाई छ भने गाईलाई सेवा गर्ने गर्नुपर्छ ।

प्रतिक्रिया