आइतबार, वैशाख १४, २०८२

विश्वयुद्धमा खरायोमा गरिन्थ्यो विष परीक्षण !

नेपालखोज २०७८ पुष ७ गते ७:१३

संसारमा विभिन्न आश्चर्य तथा अनौठा ठाउँ, मानव, जनावरलगायत हामीले देख्ने र सुन्ने गरेका छौं । यसमध्येमा हामी कुनै पाँच अनौठा जनावर, मानिस तथा चिजका बारेमा चर्चा गर्दैछौं ।

१ ) गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा पनि सबैभन्दा सानो भनेर रेकर्ड गरिएका फ्रान्सेली जासुस रिचेबर्ग हुन् । सन् १७८९ देखि १७९९ सम्म फ्रान्सेली क्रान्ति भएका बेला संसारको सबैभन्दा राम्रो जासूस भनेर यिनलाई चिनिन्थ्यो । यिनको उचाई ५६ सेन्टिमिटर अर्थात् १ फिट ११ इन्च थियो । उनलाई क्रान्तिका बेला गोप्य एजेन्टको रूपमा काम गर्नको लागि कुलिन बर्गले नियुक्त गरेको थियो ।

शिशुको भेषमा पेरिस भित्र र बाहिर सन्देशहरू ल्याउन र पठाउन उनलाई प्रयोग गरिन्थ्यो । नर्सले शिशुको भेषमा बोकेर यिनलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याएर छोडिदिने गर्थे । जासुसीको काम सकिएपछि फेरि नर्सले नै बोकेर ल्याउने गर्थे । कुनै बेला महिलाले पनि यिनलाई बोकेर प्रयोग गर्ने गरिन्थ्यो ।

उमेर छिप्पीँदा पनि ५८ सेन्टिमिटर मात्रै उचाई थियो । युद्धका बेला उनी आफू बच्चाको भेषमा सजिन्थे । यी जासुसले फ्रान्सेली क्रान्तिको समयमा दुश्मन रेखाहरू पार गर्न विशेष भूमिका खेलेका थिए । बच्चालाई कसैले वास्ता नगर्ने भएकाले उनी जुनसुकै ठाउँमा पुगेर जासुसी गर्न सक्षम थिए । यीनै होचा व्यक्तिको मद्धतले फ्रान्सेली क्रान्तिलाई उचाईमा पुग्न मद्धत गर्यो ।

२) अधिकांश मानिसहरू बढी मात्रामा दायाँ हातको प्रयोग गर्छन् । देब्रे हात प्रयोग गर्ने विश्वमा लगभग ४ प्रतिशत मात्रै भएको अनुमान छ । एउटा चाखलाग्दो तथ्य केही अध्ययनहरूले पुष्टि गरेको छ कि ५० प्रतिशत चिम्पान्जीहरूले दाहिने हात प्रयोग गर्छन् । ५० प्रतिशतले बायाँ हात प्रयोग गर्छन् ।

३) जापानमा खरायोले भरिएको एउटा टापु छ । यो टापु दोस्रो विश्वयुद्धको समयमा चीन विरुद्ध प्रयोग गरिएको थियो । यो ठाउँ विषाक्त ग्यास जस्ता रसायन परीक्षण गर्न सैन्य साइटको रूपमा प्रयोग गरिन्थ्यो । दोस्रो विश्वयुद्धका वेला विषको प्रभाव परीक्षण गर्न सेनाले यस टापुमा खरायो प्रयोग गरेको थियो । तर युद्धको अन्त्य भएपछि हजारौंको संख्याका खरायोहरू त्यहीँ छोडिए । संख्या बढ्दै गयो । मार्न प्रतिबन्ध लगाइएको छ । लाखौं खरायो अहिले टापुभरि घुम्छन् । खरायोको टापु भनेर चिनिएको छ । यो टापु पर्यटक आकर्षित गर्ने र खरायो प्रेमीहरूको स्थल बनेको छ ।

४) पश्चिम इङल्यान्डमा एउटा यस्तो बस छ, जुन पूर्णतया मानव मल र खाद्य फोहोरबाट संचालन हुने गर्छ । ४० सिटको बायोबस सन् २०१४ मा दक्षिण–पश्चिम इङल्यान्डमा चल्ने गर्छ । यो पूर्णतया बायोमिथेनद्वारा संचालित छ । बस मानव मल, फोहोर पानी र फालिएको खानालगायतबाट बायोग्यास उत्पादन गरेर सञ्चालन गरिन्छ । यसबाहेक, आज युरोपका अन्य भागहरूमा यस्तै बसहरू छन् ।

५ ) सवैलाई छक्क पार्ने खरायोको टापुजस्तै अर्को जनावरको प्रसंग पनि छ । बहामास भन्ने देशमा एउटा जंगली सुँगुरहरू मात्रै बस्ने टापु छ । यसलाई ‘पिग बिच’ भनेर चिनिन्छ । यो निर्जन टापु बहामास देशको एक्जुमा जिल्लामा पर्छ । रमाइलो कुरा यो हो कि लाखौं सुँगुरहरू बस्ने टापु समुद्रको किनारमा छ । सुँगुर समुद्रमा पौडी खेल्छन् । हजारौं सुँगुरले पौडी खेलेको दृष्यले पर्यटकको मन लोभ्याउने गर्छ । टापु नैं ढाक्ने गरी लाखौं जंगली सुँगँुरको विकास कसरी भयो भन्ने तथ्यपूर्ण इतिहास भने छैन ।

प्रतिक्रिया