शनिबार, असार २१, २०८२

नयाँ भेरियन्टकाे परीक्षण तीव्र बनाइन्छ : बाइडेन

नेपालखोज २०७८ पुष ७ गते ८:४८

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्टको फैलावटसँग जुझ्नका लागि ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउन लागिएको जनाएका छन् ।

मंगलबार गरिएको सम्बोधनका क्रममा उनले परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने बताए । लकडाउनबारे भने अहिले नै नसोचिएको उनले बताएका छन् । ‘यो सन् २०२० को मार्च महिना होइन,’ उनले भने । ‘हामी तयार छौँ । हामीलाई बढी थाहा छ।’

हाल अमेरिकामा ओमिक्रोन भेरियन्टको दबदबा छ । पुष्टि भएका नयाँ संक्रमितमध्ये झन्डै दुई तिहाइमा यो भेरियन्ट पाइएको छ । सुरुमा दक्षिण अफ्रिकामा पहिचान भएको ओमिक्रोन भेरियन्ट हाल विश्वव्यापी रूपमा फैलिएको छ । बीबीसी

प्रतिक्रिया