नेपाली कांग्रेसको अन्तिम मत परिणाम सार्वजनिक हुँदै

नेपालखोज २०७८ पुष ७ गते ११:०१

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक हुँदै छ । आज सबै समूहको मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ ।

महाधिवेशनको उद्घाटन २४ गते भएको थियो । नयाँ नेतृत्व चयनका लागि २७ गते निर्वाचन भएको थियो । १३ पदाधिकारी सहित १३४ पदको लागि निर्वाचन भएको थियो । १२६ पदको मत परिणाम सार्वजनिक भइसकेको छ । खस आर्य, आदिवासी जनजाति र दलित समूहका उम्मेद्वारको अन्तिम परिणाम आज सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ ।

अहिलेसम्मको मत परिणामले शेरबहादुर देउवा प्यानललाई केन्दीय समितिमा सुविधाजनक बहुमतको स्थितिमा देखाएको छ । १३ पदाधिकारीमा पनि देउवाका ८ जना सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया