कांग्रेस केन्द्रीय सदस्यमा राजीवविक्रम शाह, कर्ण बुढा र जानकी सिंह विजयी

नेपालखोज २०७८ पुष ७ गते १३:४२

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट कर्णाली प्रदेश भूगोल तर्फबाट केन्द्रीय सदस्यमा राजीवविक्रम शाह विजयी भएका छन् । उनीसँगै कर्ण बुढा र जानकी सिंह पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

कर्णाली प्रदेश भुगोल तर्फबाट केन्द्रीय सदस्यमा पाँचजनाको उम्मेद्‌वारी परेको थियो । विजेता उम्मेद्‌वारमध्ये शाहले सर्वाधिक दुई हजार आठ सय २० मत पाए । बुढाले दुई हजार दुई सय मत प्राप्त गरे भने भूगोलतर्फ महिला केन्द्रीय सदस्यमा सिंहले दुई हजार ६ सय २४ मत ल्याएर विजेता बनिन् ।

समाजसेवाबाट राजनीतिमा आएका शाहले सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेद्‌वारी दिएका थिए ।

प्रतिक्रिया