संसद्‌मा एमालेको अवरोध कायमै, तैपनि ४ अध्यादेश स्वीकृत

नेपालखोज २०७८ पुष ७ गते १४:१४

काठमाडाै‌ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच चार वटा अध्यादेश प्रतिनिधि सभाबाट स्विकृत गरिएको छ । एमालेका अवरोधका बीच बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र रेल्वे अध्यादेश, २०७८ बहुमतले स्विकृत भएको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माथि उल्लेखित तीन वटा अध्यादेश सम्बन्धि प्रस्ताव स्विकृतिका लागि निर्णयार्थ पेस गरे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ स्विकृतिका लागि निर्णयार्थ पेस गरिन् । तर, ती प्रस्तावहरुको विरोधमा सांसद प्रेम सुवालले सूचना दर्ता गराएका थिए ।

प्रतिक्रिया