प्रतिनिधिसभाको बैठक १८ गतेसम्मका लागि स्थगित

नेपालखोज २०७८ पुष ७ गते १५:३८

काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक १८ पुस आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।

संसदको चालु १० औं अधिवेशनको तेस्रो बैठक आज बसेको हो । बैठकले आज पनि ४ वटा अध्यादेश पास गरेको छ । नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच हिजो २ वटा अध्यादेश पास भएको थियो ।

नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको रामीनामाको माग गर्दै आएको छ । एमालेले राजीनामा बाहेको विकल्पमा माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न सापकोटालाई भनेको छ ।

प्रतिक्रिया