‘कांग्रेस उमेरलाई होइन, एजेण्डालाई स्थापित गर्दै अघि बढ्छ’

नेपालखोज २०७८ पुष ७ गते १८:२५

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई बलियो बनाउन सबै साथ र सहयोको आवश्यकता रहेको बताएकाm छन् । झापा पुगेका शर्माले आज शदिह राम थापा र विपी कोइरालाको शालिकमा माल्यार्पण गरे । महामन्त्रीमा निर्वाचित भएपछि शर्मा पहिलोपटक गृहजिल्ला झापा गएका हुन् ।

उनले कार्यकर्ताले चाहेजस्तो पार्टी बनाउने बताए । कांग्रस रुपान्तरणका लागि आफूलाई कांग्रेस प्रतिनिधिले मत दिएको उनले बताए । उनले गुटको मत मात्र पाए आफू पराजित हुने भएकाले सम्पूर्ण कांग्रेस प्रतिनिधिको मत पाएको दावी गरे । उनले भने, ‘अब कांग्रेस उमेरलाई होइन, एजेण्डालाई स्थापित गर्दै अघि बढ्नेछ ।’

महामन्त्री शर्माले नेपाली कांग्रेसका कार्यकर्तालाई संयम र शालिन बन्न आग्रह गरे ।

प्रतिक्रिया