जनसंगठनलाई प्रभावकारी बनाउन एमालेको कार्यदल गठन

नेपालखोज २०७८ पुष ७ गते २१:३७

काठमाडौं । नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रको पहिलो बैठकले जनसंगठन प्रभावकारी बनाउन सुझाव दिन कार्यदल गठन गरेको छ ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिको केन्द्रीय कमिटीको बैठकले गठन गरेको जनसंगठन संयन्त्रका आजको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलका सदस्यमा गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरूङ, माधव ढुङ्गेल, विष्णु रिजाल र रचना खड्का रहेका छन् । कार्यदलले जनसंगठनका पदाधिकारी कति जना रहने ? जनसंगठनमा काम गर्नेहरूको पार्टीमा स्टाटस के हुने ? जनसंगठनबाट बिदा भएका पार्टी काममा पुगेका छैनन् भने कसरी पु¥याउने ? भन्ने विषयमा छलफल गरेर मोर्चा संयन्त्रको बैठकमा सुझाव पेस गर्नेछ ।

संयन्त्रको आजको बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरू उपस्थित थिए ।

प्रतिक्रिया