नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको पहिलो बैठक पुस १० गते बस्ने
नेपालखोज
२०७८ पुष ८ गते १०:२२

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको पहिलो बैठक पर्सि १० गते बस्न लागेकाे पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र बैठक व्यवस्थापनको तयारी सुरु हुने उनले बताए । आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतगणना आज सकिने जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया