किन राेकियो स्थानीय तहका कर्मचारीको सरुवा ?

नेपालखोज २०७८ पुष ८ गते ११:१३

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरुको सरुवा रोकेको छ । आगामी स्थानीय तहको निर्वाचनमा कर्मचारीहरुको आवश्यकताको महसुस गर्दै र स्थानीय तहको सेवालाई प्रभावित नगर्न पनि तत्काललाई सरुवा रोकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले निकालेको सूचनामा अन्तर स्थानीय तह कामकाज खटाउने कार्य स्थगित गरिएको भन्ने व्यवहोरा उल्लेख छ । उपयुक्त समयमा अन्तर स्थानीय तहमा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतका कर्मचारीहरुको सरुवा भने स्थगित गरिएको छैन ।

मन्त्रालयले लोकसेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारीलाई कामकाजमा खटाउनेसम्बन्धी काम अर्को व्यवस्था नभएसम्मका लागि भन्ने उ्रल्लेख गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

प्रतिक्रिया