भुक्तानी सेवा प्रदायक कम्पनीले सबै किसिमको विवरण राष्ट्र बैंकमा पठाउन निर्देशन

काठमाडौं । भुक्तानी सम्बन्धी कार्य गर्न अनुमती प्राप्त गरेका संस्थाहरुले सबै किसिमको विवरणहरु नेपाल राष्ट्र बैंकमा पठाउनु पर्ने भएको छ । राष्ट्र बैंकले आज बिहीबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ मा केही संसोधन गर्दे भुक्तानी सम्बन्धी सबै विवरणहरु पठाउन निर्देशन दिएको हो ।
भुक्तानी तथा फस्र्योट ऐन २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको हो, राष्ट्र बैंकले भनेको छ । निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले शाखा रहित बैंकिङ केन्द्र र एटिएम मेसिन रहेको स्थानको बिवरण आवस्यकता अनुसार सञ्चालन भएको सात दिन भित्र राष्ट्र बैंकमा पठाउनु पर्ने छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले शाखारहित बैंकिङ केन्द्रमा रहेका ग्राहक तथा विद्युतीय कार्डको विवरण र इ बैंकिङ कारोबार सम्बन्धी विवरण मासिकरुपमा अर्को महिनााको सात गते भित्र पठाइसक्नुु पर्ने छ ।
भुक्तानी सेवा प्रदायकको हकमा पनि भुक्तानी सेवा प्रदायकको कारोवार सम्वन्धी बिवरण, भुक्तानी सेवा प्रदायकको सफल र असफल कारोवार सम्वन्धी बिवरण, सेटलमेन्ट बैंकमा रहेको खाताको हिसाव मिलान बिवरण र भुक्तानी सेवा प्रदायकको ग्राहक सम्वन्धी बिवरण पनि मासिकरुपमा अर्को महिनाको सात गते भित्र बुझाउनु पर्ने छ ।
निर्देशन अनुसार भुक्तानी प्रणाली सञ्चालकको हकमा पनि भुक्तानी प्रणाली सञ्चालकको कारोवार सम्वन्धी बिवरण र सफल र असफल कारोवार सम्बन्धी विवरण मासिकरुपमा अर्को महिनाको सात गते भित्र राष्ट्र बैंकमा बुझाउनुपर्ने छ ।
यसैगरी भुक्तानी सेवा प्रदायकको हकमा पनि भुक्तानी सेवा प्रदायकको एजेन्ट सम्वन्धी कारोबारको विवरण मासिकरुपमा अर्को महिनाको सात गते भित्र राष्ट्र बैंकका बुझाइसक्नुु पर्छे छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा बित्तीय संस्था भुक्तानी सेवा प्रदायकको हकमा पनि क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार सम्बन्धी विवरण मासिकरुपमा अर्को महिनाको सात गते भित्र बुझाउनु पर्ने छ ।
यसैगरी नेपाल क्लियरिङ हाउस लिमिटेडको हकमा पनि क्लियरिङ हाउसबाट भएका कारोावारका बिवरण मासिकरुपमा अर्को महिनाको सात गते भित्र अनिवार्यरुपमा राष्ट्र बैकमा बुझाउनुपर्ने छ ।

प्रतिक्रिया