प्रचण्डलाई हात र साथ दिएको बुझेनन्

नेपालखोज २०७८ पुष ८ गते १७:३२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई हात दिएर सहयोग गरेको बताएका छन । आज पर्साको जनसभामा ओलीले प्रचण्डलाई साथ दिँदा पनि नबुझेकोमा दुख लागेको बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान देउवा नेतृत्वको सरकार जनताको नभएको दावी गरे । उनले नेपाली कांग्रेसको संसद्मा प्रतिनिधित्व पनि कम संख्यामा भएकाले जनताको सरकार नभएको बताए ।

जनसभामा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँसहितका कार्यकर्ता एमाले पार्टीमा प्रवेश गरेका छन । कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय कमिटी सदस्यद्वय निर्मला देवकोटा र राजकुमार गुप्ता, प्रदेश कमिटी सदस्य जयप्रकाश थारु लगायत उपस्थित थिए ।

प्रतिक्रिया