शनिबार, जेठ ५, २०८१

‘ए’ डिभिजन लिगमा आजबाट छैटाैं चरणका खेल हुँदै

नेपालखोज २०७८ पुष ९ गते ६:३०

काठमाडौं । सहिद स्मार ए डिभिजन लिगमा आजबाट छैठौं चरणका खेल हुँदै छन् । पाँचौ चरणको खेलसम्म आइपुग्दा शीर्षताको होड र रेलिगेसन क्षेत्रमा रहेका टोलीबीच भिडन्त रोचक बन्यो । छैठौं चरणको खेलमा भने सबै जसो टोलीले स्पष्ट तीन अंकका साथ खेल्ने बताएका छन् ।

सहिद स्मारक ए डिभिजन लिगमा आजबाट छैठौं चरणका खेल हुँदैछन् । पहिलो खेलमा विभागीय टोली एपिएफले पुरानो क्लब न्यूरोड टिम (एनआरटी) को सामना गर्दैछ । दुबै टोलीले खेल अघिको पत्रकार सम्मेलनमा स्पष्ट अंकका लागि प्रतिस्पर्धा गर्ने बताए । दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्बलबीच खेल हुँदै छैटौं चरणको दोस्रो खेल दशरथ रंगशालामा हुनेछ । यही चरणमा मच्छिन्द्र र मनाङ मस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुँदा दुवै प्रतिष्ठा जोगाउने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

त्यस्तै छैठौं चरणको खेलअन्तर्गत थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच हुँदैछ । जुन रोमाञ्चक हुने अनुमान गरिएको छ । बिहीबार भएको पत्रकार सम्मेलनमा त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले थ्रीस्टार सँगको खेल प्रतिस्ठाको खेल भएको भन्दै स्पष्ट अंकका लागि आफ्नो टोली मैदान उत्रिने बताए ।

पाँचौं चरणमा मच्छिन्द्रले संकटा क्लब र आर्मीले सातदोबाटो युथ क्लबसँग बराबरी खेल्दै अंक बाँडेका थिए । उता चिरपरिचित प्रतिद्वन्द्वी आर्मीविरुद्ध आफ्ना लागि तीन अंक महत्वपूर्ण भएको भन्दै आक्रामक खेल खेल्ने थ्री स्टारका प्रशिक्षका रविन्द्र शिखाकारले बताए ।

शीर्षताको होडमा मनाङ र मच्छिन्द्र नै छन् भने आर्मीले पनि उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाएको छ । एएफसी यात्रा साँघुरिएको भन्दै उपाधि लक्ष्य बनाएर खेल्ने आर्मीका प्रशिक्षकले पत्रकार सम्मेलनमा बताए ।

त्यस्तै अन्य टोलीले पनि शीर्ष टोली र रेलिगशेनमा रहेका टोलीको अन्तर साँघुरो भएको भन्दै जितले वरियामा सुध्रिने भन्दै स्पष्ट अंकको जोड्ने रणनीतिका साथ मैदान उत्रिने छैठौं चरणको लिग अघिको पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया