देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसोबाट बच्न विभागकाे अनुराेध

नेपालखोज २०७८ पुष ९ गते ६:१८

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।

आज दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ भने देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे विभागले जनाएकाे छ ।

आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ भने देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिनसमेत विधागले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया