एसियन सिनियर सेन्ट्रल जोन भलिबल : नेपालले माल्दिभ्स र उज्वेकिस्तानसँग खेल्दै

नेपालखोज २०७८ पुष ९ गते ९:३९

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा आज (शुक्रबार) नेपाली महिला तथा पुरुष टोलीले खेल्ने भएका छन् ।

महिला टोलीले बिहान सवा ११ बजेदेखि माल्दिभ्ससँग खेल्नेछ । पहिलो खेलमा नेपालले श्रीलंकालाई ३÷२ को सेटमा हराएको थियो ।
यस्तै पुरुष टोलीले उज्वेकिस्तानसँग साँझ पौने छ बजेदेखि खेल्नेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

हिजो (बिहीबार) बाट बंगलादेशको राजधानी ढाकामा एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप सुरु भएको हो । नेपाली महिला र पुरुष खेलाडीले हिजैबाट प्रतिस्पर्धा गरेका हुन् ।

एसियन सिनियर सेन्ट्रल जोनमा पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले खेल्ने छन् ।
महिलामा बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । खेल सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया