सुनकाे मूल्य सामान्य घट्याे, चाँदी स्थिर
नेपालखोज
२०७८ पुष ९ गते १०:४१

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनकाे भाउ घटेकाे छ भने चाँदीकाे भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला २ सय रूपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रूपैयाँले नै घटेकाे छ । तेजाबी सुन आज ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९२ हजार ८ रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी बिहीबार १२ सय ६० रुपैयाँमा नै कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया