शनिबार, असार २१, २०८२

आप्रवासीहरु भाग्ने क्रममा डुबेर लिबियामा यससाता ७० को मृत्यु, १ सय जना बेपत्ता

नेपालखोज २०७८ पुष ९ गते ११:५४

त्रिपोली । लिबियाली सामुद्रिक किनारमा यसै सातामात्र कम्तीमा पनि ७० जना अवैध रुपमा आवतजावत गर्न खोज्ने आप्रवासीहरुको डुबेर मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले बिहीबार प्रकाशन गरेको एक प्रतिवेदनमा सो तथ्य सार्वजनिक भएको छ ।

यस समयमा यहाँका अरु कम्तीमा पनि १०० जना आप्रवासीहरु हराइरहेका पाइएको छ । यसरी मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । अरु ठूलो संख्याका बालबालिका हराइरहेका संयुक्त राष्ट्रसंघीय बालकोषले जानकारी दिएको हो ।

यहाँ आप्रवासीहरुको अवस्था निकै दयनीय रहेको बताइएको छ । यो सामुद्रिक किनाराबाट भाग्ने क्रममा कागजात नभएका आप्रवासीहरु यसरी डुब्ने गर्दछन् ।

यस क्रममा निकै लामो समयदेखि यहाँ कैयौँ आप्रवासीको ज्यान जाने गरेको छ । यसका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघले विश्व समुदायलाई बारम्बार आग्रह गर्ने गरेको छ । रासस /सिन्ह्वा

प्रतिक्रिया