शनिबार, असार २१, २०८२

बंगलादेशमा फेरी (इन्धन-डुंगा) मा आगलागी, मृतकको संख्या ३२ पुग्यो

नेपालखोज २०७८ पुष ९ गते १२:२०

ढाका । बंगलादेशमा इन्धनले चल्ने डुंगा (फेरी) मा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । केही घाइते भएका छन् । कतिपय नदीमा डुवेर बेपत्ता भएका छन् ।

बंगलादेशमा आज (शुक्रबार) विहान एउटा डुंगामा आगलागी भएको हो । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा रहेको दक्षिणी ग्रामीण सहर झाकाठी नजिक यो घटना भएको हो ।

सुगन्धा नदीमाथि चल्दै गरेको फेरीमा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । फेरी चल्दैगर्दा इन्जिनबाट आगो लागेको जनाइएको छ । फसेकाहरुको उद्धार भइरहेको छ भने घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया