कर्मचारी दक्ष भए कर्मचारीतन्त्र बलियो हुने मन्त्री श्रेष्ठको ठोकुवा

नेपालखोज २०७८ पुष ९ गते १३:५८

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सार्वजनिक सेवा प्रवाहलाई अझै चुस्त बनाउन आवश्यक रहेकामा जोड दिएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सचिव तथा विशिष्ट श्रेणीका अधिकृतका लागि आयोजित गोष्ठीमा उनले कर्मचारी दक्ष भएमा निजामति कर्मचारीतन्त्र नै बलियो हुँदै जाने ठोकुवा गरेका छन् ।

उनले एक कुशल एवं दक्ष कर्मचारीले चलाएको कार्यालय निकै पारदर्शी हुने जनाए । पारदर्शिता भएमा शिक्षित तथा जानेबुझेका व्यक्तिले काम गर्र्ने अवसर पाउने मन्त्री श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया