सोमबार, जेठ ६, २०८२

नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजारमा झर्‍यो

नेपालखोज २०७८ पुष ९ गते १६:१२

काठमाडौं । नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ५ हजारमा झरेको छ । स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल कोरोना सक्रिय संक्रमितको कुल संख्या ५ हजार ४८ रहेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६० जनाको पीसीआर परीक्षणमा २३७ र ३ हजार ८३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षण २३ जना गरि कुल २६० जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, चौबीस घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५८२ पुगेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट ३४९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख १० हजार २७१ पुगेको छ । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया