‘माओवादी केन्द्र, नेकपा एस र जसपालाई कसैले हराउन सक्दैन्’

काठमाडौं । नेपाल इन्जियिरर्स एशोसियसनको आसन्न निर्वाचनमा सत्तारुढ ५ दल विभाजित भएको छ । नेपाली कांग्रेस गठबन्धनलाई कायम राख्न नसक्ने स्थितिमा पुगेपछि गठबन्धन तोडिएको हो । कांग्रेसभित्रै दुई प्यानल हुने स्थितिमा गठबन्धले यस चुनावमा सार्थकता नपाउने भएको हो ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीनिकट इन्जिनियरको प्यानल घोषणामा तीन मन्त्रीहरु उपस्थित भएर आफू निकट विद्यार्थीहरुलाई जिताउन आग्रह गरिसकेका छन । भौतिक पूर्वाधार मन्त्री रेणु यादव, ऊर्जामन्त्री पम्फा भुसाल र शहरी विकास मन्त्री रामकुमारी झाँक्री कार्यक्रममा उपस्थित थिए ।
उम्मेदवारी घोषणासभामा मन्त्री झाँक्रीले आफूहरुको गठबन्धनलाई हार्ने छुट नभएको बताइन । उनले गठबन्धनलाई जिताउनका लागि जुनसुकै सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पारिन् ।
उनले यस चुनावबाट एकथरी प्रवृत्तिलाई साइजमा राख्नु आवश्यक रहेको बताइन । अब मुलुकमा लगातार चुनाव आउने भएकाले गठबन्धन बलियो बनाउनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया