वाग्मती प्रदेश : मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र तीन राज्यमन्त्री थपिए

नेपालखोज २०७८ पुष ९ गते १९:४८

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गरेका छन् । शुक्रबार उनले तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । चौंथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले शपथ लिएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनियताको शपथ गराएका थिए । योसँगै वाग्मतीको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ ।

प्रतिक्रिया