शुक्रबार, पुष ११, २०८२

क्रिप्टोकरेन्सीको २८ लाख करोडको साम्राज्यमा ४ युवा

नेपालखोज २०७८ पुष १० गते २३:५८

काठमाडौं । चारै अर्बपति मध्यमवर्गीय परिवारका क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सको हङकङस्थित अफिसमा सधैं किशोर तथा युवाहरुको अराजक भिडबीच करोडाैंको कारोबार भइरहेको हुन्छ । त्यहाँ राति ८ बजे पनि सर्ट्स र टी-सर्ट लगाएका नव युवाहरु कामका लागि पुगिरहेका हुन्छन् ।

त्यहाँका हर डेस्कमा ६ वटा स्क्रिन फिट गरिएका छन् । गितार, ब्याडमिन्टन देखि लिएर खाने-पीउने सामानका प्याकेट र बोतल जताततै छरिएका छन् । भित्तामा एफटीएक्सका संस्थापक सैम बैंकम्यान-फ्राइडको सहित केहि अन्य पेन्टिङ सजिएको छ । एफटिएक्स स्थापना भएको केवल दुई वर्ष भएको छ तर यो डिजिटल करेन्सी क्रिप्टोको सबैभन्दा चर्चित एक्सचेन्ज कम्पनी हो ।

यो कम्पनीले केवल तीन महिनामा विश्वका सबैभन्दा ठुला एसेट म्यानेजर ब्लाक रकसहित अन्य स्टार लगानिकर्ताहरुबाट तीन लाख करोड रुपैंयाभन्दा बढी रकम जुटाएको थियो । क्रिप्टोको संसारमा एसबीएफ नामले प्रशिद्ध २९ वर्षीय बैंकम्यान-फ्रिडको कुल सम्पत्ति २.५ लाख करोड रुपैंयाभन्दा बढी छ ।

उनी ३० लाख करोड रुपैयाँको क्रिप्टो साम्राज्यमा हावी हुन चलिरहेको प्रतिस्पर्धाको चार प्रमुख खेलाडीमध्ये एक हुन् । उनले बिनान्सका चिनियाँ मूलका क्यानेडियन प्रमुख चेङपेङ झाओको चमकसमेत फिक्का तुल्याएका छन् । झाओले तीन वर्ष पहिले नै बिट एमइएक्स एक्सचेन्जका फाउन्डर अफ्रिकी-अमेरिकी आर्थर हेसलाई सिंहासनबाट हटाएका थिए ।

उनले नै क्रिप्टोको सबैभन्दा लोकप्रिय अनि जोखिमपूर्ण प्रोडक्ट-बिटक्वाइनलाई अगाडि बढाएका हुन् । अमेरिकामा लिस्टेड एकमात्र एक्सचेन्ज क्वायनबेसका सीईओ ब्रायन आर्मस्ट्रङ लामो खेलमा विश्वास गर्छन् । उनलाई आशा छ, सफा र स्पष्ट कामका कारण क्रिप्टोका खेलाडिहरु अरु एक्सचेन्जको साटो उनकै एक्सचेन्जमा कारोबार गर्न आउँने छन् । हेजको जीवनशैली उपन्यासहरुमा पढिने ब्रिटिश जासुसको जस्तो छ ।

उनले, २०१८ मा हङकङ स्थित बिट एमइएक्सको अफिसमा जीवित शार्क माछाको एक्वेरियम प्रदर्शित गरेका थिए । एसबीएफ साथिहरु सँग फ्लाटमा बस्छन् । अर्कातिर आर्मस्ट्रङको बिजनेस मोडल सबैभन्दा बढि विश्वस्त तुल्याउने खालको छ । नगदका हिसाबले आर्मस्ट्रङ निकै अगाडि छन् । बाँकी तीनजना चाहिँ कागजमा अर्बपति छन् ।

सीजेडको पूरा सम्पत्ति क्रिप्टोकरेन्सीमा छ । एसबीएफको सम्पत्ति उनको कम्पनीको सेयरका रूपमा छ । क्रिप्टोका यी चार प्रमुख कारोबारिहरुको निजी जीवनको निकै कम जानकारी सार्वजनिक भएको छ । यी चारै जना मध्यमवर्गीय परिवारमा जन्मिएका हुन् । आर्थर हेसका विरुद्ध अमेरिकामा मनि लन्डरिङको मुद्दा चलिरहेको छ । बैंकम्यानका बुबा स्टेनफोर्ड युनिभर्सिटीमा कानुनका प्रोफेसर छन् ।

जेङपेङ झाओका बुबा सांस्कृतिक क्रान्त्रिका बेला चीनबाट भागेका थिए । झाओ क्यानाडाको नेशनल म्याथ कम्पटीशनमा उत्कृष्ट दसमा आएका थिए । क्यालिफोर्नियामा जन्मिएका आर्मस्ट्रङले ई-कमर्स वेबसाइटमा कंप्युटर पनि बेचेका थिए ।

क्रिप्टोमा आउनु पहिले उनी एयर बीएनबीमा काम गर्थे । हेस ले बैंक र फ्रीडले फाइनान्स कम्पनिमा पनि भाग्य अजमाएका थिए । झाओले ट्रेडिङ टेक्नोलोजी कम्पनीहरुमा कोड लेख्ने काम पनि गरे । उनको भविष्यवाणी छ, पाँचदेखि दश वर्षभित्र ८० प्रतिशत मानिसले क्रिप्टो करेन्सीको भुक्तानी स्वीकार गर्नेछन् ।

प्रतिक्रिया