ए डिभिजन लिगमा आज दुई खेल हुँदै
नेपालखोज
२०७८ पुष १० गते ७:५३

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
त्यस्तै आज हुने दोस्रो खेलमा अंक तालिकाको शीर्ष दुईमा रहेका मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लब खेल्दैछन् । खेल दशरथ रंगशालामै बेलुका पौने पाँच बजे सुरु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया