कांग्रेस सभापतिसहित निर्वाचित सबैले आज पदभार ग्रहण गर्दै

नेपालखोज २०७८ पुष १० गते ११:३६

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित सभापति शेरबहादुर देउवाले आज (शनिबार) पदभार ग्रहण गर्दैछन् । महाधिवेशनमा निर्वाचित सबै सदस्य तथा पदाधिकारीलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा मध्याह्न आयोजित एक कार्यक्रममा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको कांग्रेस सचिवालयले जनाएको छ । कांग्रेस महाधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै बस्ने जनाइएको छ ।

प्रतिक्रिया