एमालेले अझै संसद्लाई विघटनतर्फ लैजान खोजेको प्रचण्डको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले अझैपनि संसद्लाई विघटनतर्फ लैजान खोजेको आरोप लगाएका छन् । आज सम्म्पादकहरुसँगको अन्तक्रियमा उनले कुनैपनि हालतमा संसद् विघटन हुन नदिने समेत स्पष्ट पारे ।
उनले भने,–‘अहिले संसदभित्र एमालेले जात्रा देखाईरहेको छ । सर्वोच्च अदालत र सदनले समेत मान्यता दिइसकेको अवस्था एमालेले त्यो माग राख्नु राम्रो होईन् ।’ उनले संसद्को गतिरोध अन्त्यको लागि आफूहरुले पहल गरिरहेको बताए । यसको लागि एमालेलाई मनाउनको लागि आफू र प्रधानमन्त्री शेरबहादुर देउवा ओलीनिवास नै जान लागेको पनि बताए ।
संसद्को अवरोध हटाउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकसमेत एमालेले बहिष्कार गरेकोले आफूहरु नै जान लागेको पनि दाहालले बताए । उनले देउवासँग निरन्तर छलफल भइरहेको पनि बताएका छने । एमसीसीलाई संशोधन गरेर पारित गर्न प्रचण्डले सुझाव पनि दिएका छन् ।

प्रतिक्रिया