शनिबार, असार २१, २०८२

अफगानिस्तानको अर्थतन्त्रलाई ‘नष्ट’ गरेकाले अमेरिकालाई सहायता उपलब्ध गराउन राष्ट्रपति पुटिनको आग्रह

नेपालखोज २०७८ पुष १० गते १७:४०

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्रलाई ‘नष्ट’ गरेकाले अमेरिकालाई सहायता उपलब्ध गराउन आग्रह गरेका छन् ।

उनले अफगानिस्तानमा विगत २० वर्षदेखि लडिरहेका अमेरिका र सहयोगीले अफगानलाई सहायता उपलब्ध गराउनु पर्ने कुरामा जोड दिएका टोलो न्यूजले जनाएको छ । राष्ट्रपति पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा स्पुतनिक समाचार एजेन्सीले सोधेको प्रश्नको जवाफमा अफगानिस्तानको रोक्का गरिएको सम्पत्तिको बारेमा पनि कुरा उठाए ।

उनले भने, ‘सबैभन्दा पहिले, अफगानिस्तानका जनतालाई पूर्णहदसम्म मानवीय सहायता प्रदान गर्नका लागि विदेशी बैंक, मुख्यतया अमेरिकीद्वारा अफगानिस्तानको कोषलाई खुला गर्न आवश्यक छ, अन्यथा देशै भोकमरी र अन्य गम्भीर समस्याको सामना गर्न सक्ने सम्भावना छ। जसको असर छिमेकी राष्ट्रसमेतमा पर्नेछ ।’

तालिबानलाई आह्वान गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै जातीय समूहको प्रतिनिधित्वबाट समावेशी सरकार गठन गर्नुपर्ने बताएका छन् । पुटिनले भने,–‘अहिले अफगानिस्तानको नेतृत्वमा रहेका सेनाले देशको नेतृत्वमा सबै जातीय समूहलाई प्रतिनिधित्व गर्न तयार हुनुपर्छ ।’

प्रतिक्रिया