पीटीआई नेताको गोली हानी हत्या

नेपालखोज २०७८ पुष १० गते २०:४६

पाकिस्तान । पाकिस्तान तेहरेक–ए–इन्साफ (पीटीआई) का स्थानीय नेतालाई पञ्जाब प्रान्तको कराची शहरमा शुक्रबार अज्ञात सशस्त्र मानिसहरूको एक जत्थाले गोली हानी हत्या गरेको ‘द न्युज इन्टरनेशनल’ले लेखेको छ ।

घटना दिउँसोको समयमा भएको बताइएको छ । उक्त घटनामा पीटीआई नेताको मृत्यु भएको र थप एक जना सख्त घाइते भएका बताइएको छ ।
रिपोर्टअनुसार क्यदाबाद क्षेत्रको मुर्गीखाना बिसौनी नजिकै एक विवादित जमिनका बिषयलाई लिएर उनको हत्या गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटनामा सम्लग्न व्यक्तिहरू आक्रमणपछि भागेको र प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ । आक्रमणमा घाइते भएका पीडितहरूलाई नजिकैको अस्पतालमा लगी उपचार भइरहेको छ ।

पीटीआई नेता गैरकानुनीरूपमा ओगटिएको जग्गाका विषयमा स्थानीय अदालतमा सुनुवाइ पछि घर फर्कंदै गर्दा उनिमाथि आक्रमण भएको हो । पीटीआई नेतृत्वले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेको छ । घटनाबारे थप जानकारी विस्तृत अनुसन्धानपछि मात्र दिन सकिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया