माओवादीको केन्द्रीय समिति बैठक बस्दै
नेपालखोज
२०७८ पुष ११ गते ६:३०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
आजदेखि माओवादीको प्रथम राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । प्रवक्ता महराले आज दिउँसो १ बजे सम्मेलन सुरु हुने जानकारी दिए ।
सम्मेलनको तयारीस्वरुप आज अपराह्न बसेको स्थायी समिति बैठकमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा छलफल भएको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया