उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, सुदूररपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
'देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाकाे अनुरोध'

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको विभागले जनाएकाे छ । साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेकाे छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने र सुदूररपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भू-भागको एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको र तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेकाे छ ।







प्रतिक्रिया