मंगलबार, वैशाख १६, २०८२

‘ज्येष्ठ नागरिकलाई पालनपोषण र संरक्षण गर्नु सबै नागरिकको कर्तव्य’

नेपालखोज २०७८ पुष ११ गते १०:३५


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उपलब्ध स्रोत तथा साधनको अधिकतम सदुपयोग गरी ज्येष्ठ नागरिकलाई सुखी बनाउनु पर्ने जनाएका छन् । ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

ज्येष्ठ नागरिकलाई सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री देउवाले जनाएका छन् । ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व भएको प्रधानमन्त्री उनले वताएका छन् । वास्तविकतालाई दृष्टिगत गरी उनीहरूप्रति सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

ज्येष्ठ नागरिकको जीवनको उत्तराद्र्धमा सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु सबै नागरिकको कर्तव्य भएको प्रधानमन्त्री देउवाको भनाइ छ । बढ्दै गएको ज्येष्ठ नागरिकको संख्यालाई उचित व्यवस्थापन गरी उनीहरूको जीवनयापनलाई सहज र सम्मानित बनाउने साझा दायित्व हामी सबैको भएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् । नेपालमा हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया