ओलीले प्रचण्डलाई भने- झापामा छु, उद्घाटनसत्रमा आउन सक्दिनँ

नेपालखोज २०७८ पुष ११ गते १०:५२

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा एमाले अध्यक्ष केपीशर्मा ओली सहभागी नहुने भएका छन् । अध्यक्ष ओलीले आफू झापामा भएकाले आउन नसक्ने माओवादी अध्यक्ष प्रचण्डलाई बताएको बुझिएको छ ।

एमालेले माओवादीको महाधिवेशनको उद्घाटनसत्रमा महासचिव शंकर पोखरेललाई पठाउने निधो गरेको छ । एमालेले चितवनमा आयोजना गरेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा माओवादी अध्यक्ष प्रचण्ड सहभागी भएका थिएनन् । माओवादीबाट लिलामणि पोखरेल उपस्थित भएका थिए ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र आज दिउँसो ३ बजे प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ । उद्घाटनसत्रमा सहभागी हुन माओवादीले कांग्रेस, एमालेसहित ११ राजनीतिक दललाई निम्तिो पठाएको छ ।

यसअघि आज दिउँसो १ बजे हुने भनिएको माओवादी महाधिवेशनको उद्घाटनसत्र दिउँसो ३ बजेलाई सारिएको छ । हिजो मात्रै माओवादी स्थायी कमिटीको बैठकले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । यसअघि वैठकले गरेका विभिन्न निर्णयहरू अनुमोदन गर्न माओवादीको केन्द्रीय कमिटी बैठक आज विहान बसेको छ ।

प्रतिक्रिया