राष्ट्र बैंकले भोलि पुनः २१ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

नेपालखोज २०७८ पुष ११ गते १५:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने मंसिर १३ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरी मध्ये ९१ दिने अवधिको नौ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुइ अर्ब रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैकका अनुसार यि ट्रेजरी पुरानो नविकरण अन्तरगतको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश २०७८ चैत १५ गते, २०७९ असार १४ गते र २०७९ पुस १२ गते तोकिएको छ ।

यसअघि पनि राष्ट्र बैंकले यही मंसिर पाँच गते १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया