जनयुद्धले लिएको लक्ष्य अधुरो र अपुरो : सिपी गजुरेल

नेपालखोज २०७८ पुष ११ गते १७:५९

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले पूर्व माओवादीहरुको एकिकरणका लागि जनयुद्धपुर्वको केन्द्रीय समितिले अघि सारेको प्रतिवद्धता पुर्नस्थापना हुनुपर्ने बताएका छन् ।

आइतवार नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता गजुरेलले आफुहरुले पूर्व माओवादीहरुको एकतालाई सकारात्मक रुपमा लिएको भन्दै एकता गर्ने भए जनयुद्ध पुर्वको केन्द्रीय कमिटीले गरेका प्रतिवद्धताहरु पुरा हुनुपर्ने बताएका हुन् ।

उनले जनयुद्धले लिएको लक्ष्य अधुरो र अपुरो रहेको भन्दै नेपाललाई जनगणतन्त्र बनाउनका लागि कार्यक्रम पारित गरे एकता हुनसक्ने बताए । त्यसैगरी एमसीसी खारेज गराउन महाधिवेशनले जोड गर्नुपर्ने सर्त पनि उनले अघि सारे ।

नेता गजुरेलले मिचिएका नेपाली भुमि फिर्ता लिन माओवादी केन्द्रले प्रतिवद्धता गर्नुपर्ने पनि बताए । माओवादीले कालापानि, लिपुलेक र लिम्पियाधुरालगायतका भुमि फिर्ता लिने प्रतिवद्धता गर्न सके पूर्व माओवादीहरुबिचको एकताको ढोका खुल्ने उनको भनाई छ ।

प्रतिक्रिया