सोमबार, वैशाख १७, २०८१

‘अतीतलाई सम्झिन, वर्तमानलाई अनुभव गर्न र भविष्यलाई रच्न सकिन्छ’

प्रेम सम्बन्ध यसकारण अर्थपूर्ण हुन्छ, किनकि यसले तपाईंलाई पूरै मिठास र माधुर्यले भरिदिन्छ ।

नेपालखोज २०७८ पुष १२ गते ८:४२

-हामीले जानेका कुराहरू अनि तिनलाई सन्दर्भअनुसार व्यवहारमा उतार्न सक्ने कार्यको मिश्रण नै ज्ञान हो ।
-अहिलेको समस्या पार्किङ, फोहरमैला वा स्वास्थ्य सेवा होइन । एकमात्र समस्या हो मानव जनसङ्ख्या । ती सबै जवान महिलाहरू जो सचेतन रूपमा बच्चा नजन्माउने निर्णय गर्छन्, उनीहरूलाई पुरस्कृत गरिनुपर्छ- किनकि यस धरतीको एकमात्र वास्तविक समस्या भनेको यस हदसम्मको जनसङ्ख्या हो ।
-योगको प्रक्रियामा हुनुको अर्थ तपाईंको जीवनलाई द्रुत गतिमा अघि बढाउनु हो ।
-आफ्नै शरीरबाट निस्किएको बच्चासँग मात्र पहिचान जोड्नुपर्ने आवश्यकता छैन ।
-प्रेम सम्बन्ध यसकारण अर्थपूर्ण हुन्छ, किनकि यसले तपाईंलाई पूरै मिठास र मधुरताले भरिदिन्छ ।
-जीवनमा सबैभन्दा उच्च सम्भावनाहरू के-के छन् भनेर हरेक मानिसले जान्नुपर्छ । उनीहरू त्यस पथमा अन्तिमसम्म जान्छन् कि जाँदैनन् भन्ने कुरा उनीहरूमा निर्भर गर्दछ ।
-अस्तित्वमा सबैभन्दा विशाल शक्ति भनेको चेतना हो, अनि तपाईं त्यही चेतना हो ।
-यदि तपाईंले कुनै चिज वा कोही व्यक्ति तपाईंविरुद्ध छन् भनेर सोच्नुभयो भने, तपाईंले आफ्नो ‘योग’ गुमाउनुभयो, तपाईंले आफ्नो समावेशीपन गुमाउनुभयो ।
-अतीतलाई तपाईं सम्झिन सक्नुहुन्छ । वर्तमानलाई तपाईं अनुभव गर्न सक्नुहुन्छ । तर, भविष्यलाई तपाईं रच्न सक्नुहुन्छ ।
-तपाईंलाई जे-जति मन पर्छ, तिनका सीमाहरूमा बाँच्नुको तुलनामा आफ्ना सीमाहरूबाट पर जानु निकै बढी महत्त्वपूर्ण छ ।
-योग, सबै बाध्यात्मक प्रवृत्तिहरूबाट माथि उठेर हरेक मनुष्यभित्र रहेको चैतन्यलाई अनुभव गर्ने प्रविधि हो । न माथि, न बाहिर, तपाईंभित्रै हरेक चिजको समाधान छ ।

प्रतिक्रिया