आजबाट बन्दसत्र सुरु, पार्टी विधान र प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

नेपालखोज २०७८ पुष १२ गते ८:११

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्द सत्र सुरु गर्ने तयारी छ ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुनेछ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २० भन्दा बढी समूहमा बिभाजन गरिँदैछ ।

माओवादीले १५ पदाधिकारीसहितको २ सय ९९ सदस्यीय केन्द्रिय समिति रहने निर्णय गरिसकेको छ । माओवादीको यो महाधिवेशनले पार्टीलाई बहुपदिय संरचनामा लैजाने तयारी गरेको छ ।

प्रतिक्रिया