बिहीबार, जेठ ३, २०८१

सुनचाँदीकै भाउ बढ्याे

नेपालखोज २०७९ वैशाख २२ गते १०:५२

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि बढेकाे छ । आज तेजाबी सुन ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे चाँदी १२ सय ९० रूपैयाँमा काराेबार भएकाे थियाे ।

प्रतिक्रिया