माओवादीले बनायो ७ सदस्यीय अध्यक्ष मण्डल
नेपालखोज
२०७८ पुष १२ गते १२:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रले ७ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । आज आठौं राष्ट्रिय महाधिवेशनमा सुरु भएको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल बनाइएको हो ।
कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी, परशुराम रम्तेल र रुपा महर्जन अध्यक्षमण्डलमा परेका छन् । प्रज्ञा प्रतिष्ठान भवनमा सुरु भएको बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरिरहेका छन् ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया