प्रधानमन्त्री देउवाको अभिव्यक्ति लज्जास्पद

काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले जनता ठग्ने गरेको आरोप लगाएका छन् । आज सामाजिक सन्जालमार्फत रावलले देश कै प्रधानमन्त्रीले गलत लज्जास्पद अभिव्यक्ति दिएको बताए ।
रावलले एमसीसीअन्तर्गत आएको पैसालाई सित्तैमा भन्नु जनता ठग्ने काम भएको बताए । नेपाल सार्वभौम, स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने सबैले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति देख प्रकट गर्ने रावलको भनाई छ ।
रावलले लेखेका छन्,–‘मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरूपयोग गर्न एमसीसी अन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति,यस्तो कुरा नेपाल सार्वभौम, स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै सक्दैन ।’
प्रधानमन्त्री देउवाले आइतबार माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलनमा एमसीसी पढ्न आग्रह गरेका थिए । देउवाले एमसीसी राष्ट्र देशको पक्षमा रहेको समेत दाबी गरे ।

प्रतिक्रिया