निरंकुश तत्त्वहरुले टाउको उठाइरहेका छन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरंकुश तत्त्वहरुले टाउको उठाइरहेको बताएको छन् । आज प्रज्ञा प्रतिष्ठान भवनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले दक्षिणपन्थीहरुको मोर्चाबन्दीबाट सचेत हुनुपर्ने बताए ।
उनले देशको राजनीति निकै तरल र चुनौतीपूर्ण रहेको बताएका छन् । उनले भने, ‘देशको राजनीति निकै तरल र चुनौतिपूर्ण छ । निरंकुश तत्वहरुले टाउको उठाइरहेका छन्, देशभित्रको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थीहरुको मोर्चाबन्दीबाट सचेत हुनु जरुरी छ ।’
प्रचण्डले प्रतिगमनविरुद्धको आन्दोलनमा जनताको व्यापक सहभागिताले उनीहरु परिवर्तनको पक्षमा रहेको प्रष्ट भएको पनि उल्लेख गरे । प्रचण्डले वाम लोकतान्त्रिक शक्ति बीचको आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकारका सेटिङ भत्काउन सकिएको पनि प्रचण्डले बताए ।
प्रचण्डले नयाँ–नयाँ शैलीमा प्रतिगमनको प्रयास गर्ने क्रम नरोकिएको बताए । उनले परिवर्तनको रक्षा गर्नु पार्टीको प्रमुख जिम्मेवारी रहेको पनि बताए ।

प्रतिक्रिया