अब निजी अस्पतालबाट पनि काेभिडविरुद्धको खाेप लगाउन पाइने
नेपालखोज
२०७८ पुष १२ गते २१:१२

काठमाडौं । सरकारले निजी अस्पतालहरूबाट पनि काेभिड -१९ विरुद्धको खाेप दिने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार एक विज्ञप्ति जारी गर्दै मेडिकल कलेज तथा निजी अस्पतालहरूबाट पनि १८ वर्षमाथिका नागरिकलाई खाेप दिइने जानकारी गराएकाे हाे ।
अब ५० बेडभन्दा बढी क्षमता भएका अस्पतालहरूले पनि खाेप केन्द्र सञ्चालन गर्न पाउनेछन् । देशभरीका ५० बेडभन्दा बढी क्षमता भएका अस्पतालहरूबाट निशुल्क खाेप दिइने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

सम्बन्धित
प्रतिक्रिया