माओवादी महाधिवेशनमा आज समूहगत छलफल गरिँदै

नेपालखोज २०७८ पुष १३ गते १०:०१

काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौमा जारी महाधिवेशनमा आज समूहगत छलफल हुँदैछ । बन्दसत्रमा आज राजनीतिक र विधान मस्यौदामाथिको प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुने भएको छ । प्रतिनिधिहरुलाई २५ समूहमा बाँडेर आज छलफल गरिएपछि भोलि टोली नेताले निष्कर्ष प्रस्तुत गर्ने जनाइएको छ ।

माओवादी महाधिवेशनमा प्रदेशगत विभिन्न समूहहरू बनाएर छलफल हुनेछ । १ नंबर प्रदेशको हर्क गुरुङले संयोजन गर्ने भएका छन् भने प्रदेश नम्बर २ को नेतृत्व गणेश साहले गर्नेछन्। लुम्बिनी प्रदेशको नेतृत्व चक्रपाणि खनाल, गण्डकी प्रदेशको गायत्री गुरुङ, प्रवास समितिको लक्ष्मण पन्त, कर्णालीको विमला केसीले नेतृत्व गर्ने भएका छन् । ।

यस्तै सुदूरपश्चिम प्रदेशको नेतृत्व खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी, बागमती प्रदेशको सरल सहयात्रीलगायतले नेतृत्व गर्ने भएका छन् ।

प्रतिक्रिया