सुनकाे मूल्य सामान्य घट्याे, चाँदीकाे बढ्याे
नेपालखोज
२०७८ पुष १३ गते १०:५३

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनकाे भाउ घटेकाे छ भने चाँदीकाे भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेकाे छ । तेजाबी सुन आज ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य १० रूपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी साेमबार १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया