अध्यक्ष ठाकुरले बोलाए असन्तुष्ट पक्षलाई छलफलमा
नेपालखोज
२०७८ पुष १३ गते ११:३४

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यालयमा धर्ना दिइरहेका असन्तुष्ट पक्षलाई छलफलमा बोलाएका छन् । आइतबारदेखि विभिन्न माग राख्दै धर्नामा बसेका नेता तथा कार्यकर्तालाई ठाकुरले छलफलमा बोलाएका हुन् ।
पार्टीको विधि र विधान विपरित मनोनयन तथा नियुक्तिहरु गरिएको असन्तुष्ट पक्षको आरोप छ । पार्टी अध्यक्षको एकलौटी निर्णय मान्य नहुने उनीहरुको चेतावनी छ । अध्यक्ष ठाकुरसँग मात्र वार्ता गर्ने बताएपछि ठाकुरले मंगलबार आफ्नो निवासमा छलफलका लागि बोलाएको आन्दोलनकारी समूहले बताएको छ ।
पछिल्लो समय अध्यक्ष ठाकुरले विभिन्न जिल्ला तथा प्रदेशमा गरेका मनोनयहरु प्रति पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरुले विरोध गरिरहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया