नेकपा एस र जनवादीबीच एकीकरण
नेपालखोज
२०७८ पुष १३ गते १५:३१

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच एकीकरण भएको छ ।
एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा एससँग माओवादीबाट अलग्गिएकाे देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीबीच मंगलबार एकीकरण भएको हो ।
तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा जनवादी गठन गरेका थिए ।
राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दुवै दलका अध्यक्षले सम्बोधन गरे । पार्टी एकीकरण घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुको उपस्थिती थियो ।
सम्बन्धित

प्रतिक्रिया