चौबीस घण्टामा थप २६४ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

नेपालखोज २०७८ पुष १३ गते १८:४०

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५३६ जनाको पीसीआर परीक्षणमा २४१ र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हाल संक्रमितको संख्या ४ हजार ९१० रहेका छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट २६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ८ लाख ११ हजार २६५ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया